नेपाल भ्रष्टाचार सूचकाङ्कको १०७ औं स्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
नेपाल भ्रष्टाचार सूचकाङ्कको १०७ औं स्थानमा

सारांश

  • भ्रष्टाचार सूचकाङ्कमा नेपालको एक स्थान खस्किएको छ ।
  • नेपाल १०० मा ३४ अंक पाएर १०७ औं स्थानमा रहेको छ ।
  • ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज (मंगलबार) सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्ग (सीपीआई)–२०२४ मा नेपालले झिनो सुधार गरेको हो ।

 

२९ माघ,  काठमाडौं । भ्रष्टाचार सूचकाङ्कमा नेपालको एक स्थान खस्किएको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७ औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज (मंगलबार) सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्ग (सीपीआई)–२०२४ मा नेपालले झिनो सुधार गरेको हो ।

गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो । सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए । विश्वभर एकै पटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ । ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ ।

 

भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ७२ अंक प्राप्त गर्दा भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले३२ अंक,पाकिस्तानले २७ अंक, बंगलादेशले २३र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले४३ अंक प्राप्त गरेको छ । सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार जनाउने गरेको छ । विगत५ वर्षमा ७ वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख प्रगति हासिल गरेको प्रतिवेदनले जनाएको छ । राजनीतिक नियुक्तिको कारणले भ्रष्टाचार बढेकोमा दुई मत नरहेको टीआई नेपालका अध्यक्ष मदन कृष्णा शर्माले बताए । अंक एक दुई स्थान घट्दैमा नेपालमा भ्रष्टाचारको अवस्था सुधार भएको मान्न नसकिने उनले बताए ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालको नतिजाले भ्रष्टाचार विरुद्व प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको औंल्याएको अध्यक्ष शर्माले बताए । ‘नेपालको यो नतिजा जस्ताको त्यस्तै अवस्थामा रहेको देखिन्छ । खुसी हुनुपर्ने हालमा छैनौ, उनले भने, ‘भ्रष्टाचारको अवस्था सुधार छैन ।’ ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी ३० वर्षदेखि भ्रष्टाचारको सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण
तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल