२६ जेष्ठ २०८२, आईतवार

छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु

 

काठमाडौँ, २७ माघःछत्तीसगढको बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रको जङ्गलमा सुरक्षा बलसँग भएको मुठभेडमा कम्तीमा १२ जना नक्सलवादी (माओवादी) मारिएको अधिकारीहरूले आइतबार बताएका छन् ।

बस्तर प्रहरी अधिकारीहरूका अनुसार आइतबार बिहान जङ्गलमा मुठभेड भएको थियो । “बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रमा भएको मुठभेडमा १२ जना नक्सलवादी मारिएका छन्”, उनीहरूले भने, “मुठभेडमा दुई जवानको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  त्यस क्षेत्रमा खोजी अभियान जारी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

Post Comment