शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन
२३ माघ, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् । शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेकी हुन् ।
पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले कर्मचारीहरूलाई आग्रह गरेकी छिन् । किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरिन् ।
मन्त्रीहरूकै कारणले केही कुरामा आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीहरूको गुनासो थियो ।‘मन्त्रीकै आदेशबाट विद्यालयमा हाजिर गराउनु भनेर भनेको बेलामा हामीले कति समस्या हुन्छ होला रु,’ अनुगमनमा पुगेकी शिक्षामन्त्री भट्टराईलाई एक कर्मचारीले प्रश्न गरे ।
राष्ट्रिय किताबखाना शिक्षकमा पेन्सनपट्टाका लागि कहिले ५० बढी फाइल हुन्छन् त कहिले ५–७ वटा । पेन्सनपट्टा बनाउन सातै प्रदेशबाट शिक्षक काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ ।
Post Comment