चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सारांश

  • आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ ।
  • जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ ।
  • बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग  छलफल हुनेछ ।

२३ माघ, काठमाडौँ ।

आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ । बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग  छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगसँग छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ :  मुख्यमन्त्री पाण्डे
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
करिब १७ प्रतशितले बढ्यो राजस्व
करिब १७ प्रतशितले बढ्यो राजस्व
पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
श्रम बिना प्रगति सम्भव छैन : प्रधानमन्त्री ओली
श्रम बिना प्रगति सम्भव छैन : प्रधानमन्त्री ओली