दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
५५ पटक हेरिएको
Shares
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी

सारांश

  • जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गर्ने तयारी थालेको छ ।
  • चितवनको सहारा सहकारी ठगीमा लामिछाने जोडिएका छन् ।
  • लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने अन्तिम तयारी भइसकेको बताइएको छ ।

१४ माघ, काठमाडौं, १४ माघ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गर्ने तयारी थालेको छ । चितवनको सहारा सहकारी ठगीमा लामिछाने जोडिएका छन् ।

लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने अन्तिम तयारी भइसकेको बताइएको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड धरौटी बुझाएर लामिछाने हिजोमात्रै रिहा भएका थिए । यसअघि कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी तिरेर लामिछाने रिहा भएका थिए ।

सहकारी ठगी प्रकरणमा लामिछानेले हालसम्म २ करोड २५ लाख धरौटी बुझाइसकेका छन् । उनले धरौटी स्वरुप प्रभु बैंकले दिएको जमानत (बैंक ग्यारेन्टी) पेश गरेका छन् । चितवन लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, कुमार रम्तेललगायतलाई प्रतिवादी बनाइएको छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन सञ्चालक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
विमानस्थलबाट १ किलो १०० ग्राम सुनसहित १ जना पक्राउ
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग
दसौँपटक बिहारको मुख्यमन्त्री पदमा आज शपथ खाँदै नितिश कुमार
दसौँपटक बिहारको मुख्यमन्त्री पदमा आज शपथ खाँदै नितिश कुमार
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित