सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य

सारांश

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु जितका लागि ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.
  • १ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।

१२ माघ, काठमाडौँ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु जितका लागि ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।

टोलीका लागि मनिषा बोहोराले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका प्रहार गरिन् । कप्तान बिन्दु रावलले २४ बलको सामना गर्दै १७ रन बनाइन् । उनले २ चौका हिर्काइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओपनर रेवती धामी र रितु कनौजियाले ७–७ रन बनाए ।

एपीएफका लागि कविता जोशीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिइन् । शबनम राई र कप्तान इन्दु वर्माले २–२ विकेट तथा करुणा भण्डारीले १ विकेट हात पारिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?