फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य

सारांश

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु जितका लागि ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.
  • १ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।

१२ माघ, काठमाडौँ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु जितका लागि ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।

टोलीका लागि मनिषा बोहोराले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका प्रहार गरिन् । कप्तान बिन्दु रावलले २४ बलको सामना गर्दै १७ रन बनाइन् । उनले २ चौका हिर्काइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओपनर रेवती धामी र रितु कनौजियाले ७–७ रन बनाए ।

एपीएफका लागि कविता जोशीले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिइन् । शबनम राई र कप्तान इन्दु वर्माले २–२ विकेट तथा करुणा भण्डारीले १ विकेट हात पारिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन
भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न