सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन

८ माघ, काठमाडौँ । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताए । उनले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताए ।





Post Comment