२६ जेष्ठ २०८२, आईतवार

सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन

 

८ माघ, काठमाडौँ ।  लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताए । उनले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताए ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय पनि गरेको छ। मन्त्री भण्डारी र सचिव समेतलाई छलफलका लागि बुधवार बिहान ११ बजेको समय निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment