२६ जेष्ठ २०८२, आईतवार

गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

 

 

गोरखा — पालुङटार नगरपालिका–५ स्थित लामागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ८२ प २१९९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा अजिरकोट गाउँपालिका–३ भच्चेक घर भइ पालुङटार–५ हवाई ग्राउण्ड वस्ने २४ बर्षिय सुरेश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार लामागाउँस्थित सडक खण्डमा हवाईग्राउण्डतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रीत भएर सडक छेउमा पल्टिएर दुर्घटना हुँदा गुरुङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । घटनाका अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?