वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ

सारांश

  •   बाग्लुङ ताराखोला गाउँपालिका–३ का  तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार पक्राउ गरेको हो।
  • अभियुक्त परियारले रु २८ लाख, कार्कीले रु एक र बिष्टले रु दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
  • उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।  बाग्लुङ ताराखोला गाउँपालिका–३ का  तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको

टोलीले सोमबार पक्राउ गरेको हो। अभियुक्त परियारले रु २८ लाख, कार्कीले रु एक र बिष्टले रु दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। यसैबीच, मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी ठगीमा संलग्न भएको अभियोगमा  उदयपुर रौतामाई गाउँपालिका–७ का स्थायी बासिन्दा ध्रुवकुमार राय र राजन डङ्गोललाई  पक्राउ गरिएको छ।

नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
सुनसरीको झुम्का कारागारबाट कैदी भागे