स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

सारांश

  • काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
  • सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
  • अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् ।

७ माघ, काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते
जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ
आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ