Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

सारांश

  • काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
  • सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
  • अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् ।

 

७ माघ, काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस
नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
केपी ओली र रमेश लेखकविरुद्ध जाहेरी लिन प्रहरी तयार
केपी ओली र रमेश लेखकविरुद्ध जाहेरी लिन प्रहरी तयार
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
चीनमा नेपाली संस्कृति प्रदर्शन
चीनमा नेपाली संस्कृति प्रदर्शन