Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
८२ पटक हेरिएको
Shares
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

सारांश

  • नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ ।
  • बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका थिए।
  • उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नक्स प्रविधि प्रयोग भएका मोबाइल अरु मोबाइल भन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानुनी कार्यसम्पादन गर्न तथा अरु ट्राफिकका दैनिक कामकाज डिजिटल रुपमा सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिए ।

 

४ माघ,  काठमाडौं । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नक्स प्रविधि प्रयोग भएका मोबाइल अरु मोबाइल भन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानुनी कार्यसम्पादन गर्न तथा अरु ट्राफिकका दैनिक कामकाज डिजिटल रुपमा सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिए । बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ट्राफिक व्यवस्थापन सरल र सहज गरि प्रविधिमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि मोबाइल फोन उपलब्ध गराइएको बताए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले नबिल बैंकको यस सहयोगले ट्राफिक प्रहरीको काम

कारबाहीलाई छिटोछरितो अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “बैंकले उपलब्ध गराएको मोबाइलको प्रयोगले प्रविधिमैत्री सेवा प्रवाहमा थप प्रभावकारी हुनेछ, आगामी दिनमा पनि बैंकसँग सहयोग र सहकार्य जारी रहनेछ”, उनले भने । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि समाजको समग्र सुधारका कार्यक्रमलाई निरन्तरता दिइने बैंकको उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए
जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए
मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह
मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा