नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट

सारांश

  • पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।
  • १०४ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबका ब्याटरहरू ठूलो सर्ट खेल्ने क्रममा ७४ रनमा समेटियो।
  • आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११–११ रन जोडे।

काठमाडौं : जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्। १०४ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबका ब्याटरहरू ठूलो सर्ट खेल्ने क्रममा ७४ रनमा समेटियो। आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११–११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। पुलिसका लागि सागर ढकालले छ र ललित राजवंशीले चार विकेट लिए।

मंगलबार पर्साको नारायणी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेलमा आर्मीले टस जितेर पहिला बलिङ रोजेको थियो। सुरुवाती ब्याटिङमा आएको पुलिसले एक सय ३३ रन बनाउँदा नौ विकेट गुमाएपछि इनिङ डिक्लियर गरेको थियो। त्यसपछि आफ्नो पहिलो इनिङ ब्याटिङ गर्न आएको आर्मीले एक सय ७० रन बनाउँदै सबै विकेट गुमायो। दोस्रो दिनमा आफ्नो दोस्रो इनिङको ब्याटिङ गर्न आएको पुलिसले एक सय ३२ रन बनाउँदा नौ विकेट गुमाएपछि खेल स्टम्प भएको थियो। ब्याटिङमा आएका पुलिसका ब्याटरहरू ललिल राजवंशी र सागर ढकालले आज एक रन पनि बनाउन नसकेपछि आर्मीले विहानै ब्याटिङ थालेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान
धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु
सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु
सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै
सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली