२६ जेष्ठ २०८२, आईतवार

९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२८ भदौ, काठमाडौं । राष्ट्र बैंकले सरकारको लागि शुक्रबार ९ अर्ब चार करोड रुपैयाँ ऋण उठाउन बोलकबोल आह्वान गर्नेछ।

शुक्रबार बैंकले ६ वर्षे अवधिको यो ऋणपत्रको लागि बोलकबोल आह्वान गर्ने भएकाे हो।  यो ऋणपत्रमा कम्तीमा ५० हजार र बढीमा ५० हजारले भाग निशेष जाने रकमसम्म लगानी गर्न सकिन्छ।  यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुने भएको छ।

ऋणपत्रको लागि बैंक तथा वित्तीय संस्था, अन्य संस्था र नेपाली नागरिक सहभागी हुन सक्नेछन्। राष्ट्र बैंकले प्रतिस्पर्धीको लागि सात अर्ब ६८ करोड ४० लाख  रूपैयाँ र अप्रतिस्पर्धीको लागि एक अर्ब ३५ करोड ६० लाख रूपैयाँ छुट्याएको छ।  बैंक तथा वित्तीय संस्था लगायतका संस्थाले प्रतिस्पर्धीमा मात्रै सहभागिता जनाउन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?