जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
६० पटक हेरिएको
Shares
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत शनिबार दुई खेल सुरू हुँदै छन् ।
  • प्रतियोगिताअन्तर्गत पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
  • वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

२७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत शनिबार दुई खेल सुरू हुँदै छन् । प्रतियोगिताअन्तर्गत पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

त्यसैगरी छैटौं खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ । यसअघि भएको खेलमा पुलिसले एक जित र एक ड्रको नतिजा निकाल्दा र आर्मी र बागमतीले आफ्ना दुवै खेलमा ड्र खेलेका छन् भने मधेशले एक खेल ड्र गर्दा एक खेल हारेको छ । पुलिस ४० अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहेर फाइनल खेल्ने बलियो अवस्थामा छ । आर्मी दोस्रो, बागमती तेस्रो र मधेश चौथो स्थानमा छन् । यी खेलको नतिजापछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ । शीर्ष दुई टोलीले मंगलबारदेखि हुने तीन दिवसीय फाइनल खेल्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?