नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र

सारांश

  • काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ ।
  • महानगर प्रमुख बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै बुधवार मन्त्रालयलाई पत्र लेखेका हुन् ।
  • ‘काठमाडौँ महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ ।

२६ पुस,  काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ । महानगर प्रमुख बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै बुधवार मन्त्रालयलाई पत्र लेखेका हुन् ।

‘काठमाडौँ महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौं टावरको विवादमा मुछिएपछि बिदामा छन् । उनी विदामा बसेपछि महानगरले गोविन्द प्रसाद शर्मालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो । उनले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट
सिंहदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ
सिंहदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ
पर्सामा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का घाइते
पर्सामा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का घाइते
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा