१० श्रावण २०८२, शुक्रबार

सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

 

२४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् । कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी थिए ।

अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए । मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ । कोइरालाका बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?