तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
४० पटक हेरिएको
Shares
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ

सारांश

  • पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
  • फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा पाँच लाख ९९ हजार जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

तिलाठी (सप्तरी), २२ पुस । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा पाँच लाख ९९ हजार जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । यसैगरी, एक सय २१ जनाको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । यस अवधिमा भन्सार छली गरी ल्याउँदै गरेको ७० लाख ७२ हजार बराबरको समान तथा उक्त कार्यमा संलग्न आठ जनालाई भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सो अवधिमा प्रहरीले दुई टन ६४ किलो गाँजा बरामद गर्नुका साथै सात जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । यस्तै लागुऔषध कारोबारमा संलग्न तीनजनालाई समेत पक्राउ गरिएको छ । यस अवधिमा एक सय ८५ सवारीसाधन दुर्घटना भएकामा सातजनाको मृत्यु तथा तीन सय ८४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरु
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरु
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
मेची प्रादेशिक अस्पतालको कोठाभित्रै कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
लोसपाको महासचिवमा यादव मनोनीत
लोसपाको महासचिवमा यादव मनोनीत
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने