२६ जेष्ठ २०८२, आईतवार

उच्च अंकले बढ्यो सेयर बजार

 

२२ पुस, साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४९.१२ अंक बढेर २६४०.६८ अंकमा पुगेको हो ।

पछिल्ला ३ कारोबार दिनदेखि सामान्य बढेको नेप्से आज भने करिब २ प्रतिशत बढेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स पनि ६.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज भने ३१२ स्टकको ७५ हजार ५४० पटकको कारोबारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous post

भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो

Next post

तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला

Post Comment

छुटाउनुभयो कि ?