११ श्रावण २०८२, शनिबार

जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट

 

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको पहिलो दिनमा त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको हो ।

आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, र कप्तान विनोद भण्डारीले २१ रन बनाए । बसिर अहमदले १२ र साहब आलमले ११ रन बनाए । पुलिसका लागि ललित राजवंशीले ७ विकेट लिए । उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट लिए । सो क्रममा उनले ७ मेडन ओभर लिए । यस्तै, कुशल भूर्तेल, सर्वन यादव र राशिद खानले १–१ विकेट लिए । यससँगै खेलको दोस्रो सेसन पनि सकिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?