झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

सारांश

  • झापा र तनहुँ जिल्लामा भएका दुईवटा जबरजस्ती करणकीका घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।
  • झापाको १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी डेरा गरी बस्ने भारत वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
  • कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

१७ पुष , काठमाडौँ । झापा र तनहुँ जिल्लामा भएका दुईवटा जबरजस्ती करणकीका घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।

झापाको १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी डेरा गरी बस्ने भारत वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, तनहुँमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?