आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

सारांश

  • आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ ।
  • जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो ।
  • राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ ।

४ माघ, काठमाडौं ।

आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका थिए ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए। राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य गत भदौ ३१ गते भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल
मुक्तिनाथधाममा पदमार्ग निर्माण
मुक्तिनाथधाममा पदमार्ग निर्माण
आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता