रेशमीदेवीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै पति ५५ वर्षीय दशैया मुखिया बिनलाई पक्राउ गरेको छ। गएको मंगलबार रातिदेखि हराइरहेकी रेशमीदेवीको खोजतलास गर्ने क्रममा बुधबार साँझ गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए। ‘प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको क्रममा हत्या भएको देखिन्छ,

उनले भने, ‘हामीले आरोपीलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान अघि बढाएका छौँ।’ गाडिएको ठाउँमा शव निकालेर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगेको छ। दशैयाले सधैँ रक्सी खाएर पत्नीलाई कुटपिट गर्दै आएका छिमेकीले बताएका छन्। घरमा पतिपत्नी र बुहारी बस्दै आएका थिए।

Post Comment