Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
४० पटक हेरिएको
Shares
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

सारांश

  • यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।
  • टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो।
  • १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.

 

३ पुस,नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई आठ विकेटले हराएको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए। ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक-एक विकेट लिए। पराजित जनकपुरले अब बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्सको सामना गर्नेछ। यी दुईबीचको विजेताले शनिबार सुदूरपश्चिमसँग फाइनल खेल्नेछ। फाइनल शनिबार हुने तालिका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
बालेनको क्याबिनेटबाट अमरेश आउट
बालेनको क्याबिनेटबाट अमरेश आउट
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
घट्यो सुनचाँदीको मूल्य , तोलाको कति पुग्यो ?
घट्यो सुनचाँदीको मूल्य , तोलाको कति पुग्यो ?
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट