एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
३ पुस,नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई आठ विकेटले हराएको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

३ पुस,नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई आठ विकेटले हराएको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए। ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक-एक विकेट लिए। पराजित जनकपुरले अब बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्सको सामना गर्नेछ। यी दुईबीचको विजेताले शनिबार सुदूरपश्चिमसँग फाइनल खेल्नेछ। फाइनल शनिबार हुने तालिका छ।

Post Comment