अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
२ पुस, अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा अरु छ जना विद्यार्थी घाइते भएका छन् ।
विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी जनाएको छ । गोली चलाउनुको कारण खुलेको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । प्रहरीले परिवारको सहयोगमा ती किशोरीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि विद्यालयसँगैको सडक पनि बन्द गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो वर्ष मात्रै अमेरिकाभर विद्यालयमा ३८ वटा गोलाबारीका घटना भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment