तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २, २०८१
|
|
२१ पटक हेरिएको
Shares
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल

सारांश

  • शिक्षाको क्षेत्रमा आलस्यले समय लिनेछ ।
  • गफगाफमा दिन बित्नेछ ।
  • सञ्चित धनको खर्च हुनेछ ।

 

मेष : दिन सामान्य छ । शिक्षाको क्षेत्रमा आलस्यले समय लिनेछ । गफगाफमा दिन बित्नेछ । सञ्चित धनको खर्च हुनेछ । दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृष : आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यका अंगमा काम गर्ने अवसर मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ । चिसोबाट बचेर काम गर्नुपर्ने दिन छ ।

कर्कट : दिन सामान्य राम्रो छ । विदेशी साथीको साथ र सहयोग मिल्नेछ । विदेशी लगानी भए फाइदा हुनेछ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।

सिंह : दिन राम्रो छ । आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । शिक्षामा गरेको प्रयास केही समय कुर्नुपर्नेछ । रोगबाट मुक्त हुने दिन छ । साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ ।

कन्या : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । पढ्न जोस र जाँगर बढ्नेछ । अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ । परिवारमा भने शंकाको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ ।

तुला : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ । आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ ।

वृश्चिक : सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारमा खर्च बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ ।

धनु : दिन राम्रो छ । थोरै धनले महत्त्वपपूर्ण काम बन्नेछ । व्यापारमा लगानी गर्नुपर्ने समय छ । स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ । विपक्षीले असहयोग गर्ने हुँदा सचेत बन्नुपर्नेछ । परिवारसाँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ । कर्मशील साथीसँग भेट हुनेछ । साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिमे छ ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ । शिक्षामा मन जानेछ । धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ । बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ ।

मीन : स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा अल्छीपनले समस्या हुनेछ । निर्णय क्षमता कमजोर हुँदा पश्चाताप हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
सरकारसँग विपक्षी तीन दलको यस्ता छन् नौ बुँदे माग
सरकारसँग विपक्षी तीन दलको यस्ता छन् नौ बुँदे माग
देशबासीको नाममा सम्बोधन गर्दै मोदी
देशबासीको नाममा सम्बोधन गर्दै मोदी
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
मोटरसाइकल पल्टिँदा दुई युवकको मृत्यु
मोटरसाइकल पल्टिँदा दुई युवकको मृत्यु
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी