स्रोत नखुलेको साढे २० लाख रकमसहित जनकपुरबाट एकयुवक पक्राउ
२२ भदौ, जनकपुरधाम । स्रोत नखुलेको साढे २० लाख रकमसहित जनकपुरबाट एकयुवक पक्राउ परेका छन्।
पक्राउ परेका युवक भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् । उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
युवकलाई चेकजाँच गर्दा उनले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए । बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1