अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

सारांश

  • हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।
  • तेल्गु नायक अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ परेका थिए ।
  • हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो ।

२८ मंसिर, हैदाराबाद– पुष्पा शृङ्खलाका अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ । हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ। तेल्गु नायक अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ परेका थिए ।

हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदराबादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो ।  जबकि उनका छोरा घाइते भएका छन् । अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएको थियो । प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा व्यवस्था कडा गरिएको थियो ।  धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन् ।

प्रहरीले बिहानको खाजा समेत खान नदिएको र बेडरुमबाटै सिधै पक्राउ गरेको उनले बताए । उनलाई लुगा फेर्न पनि मौका दिइएको छैन ।यही बेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ ले यतिबेला हलचल मच्चाइ रहेको छ । पुष्पा–२ साउथका साथै हिन्दी क्षेत्रमा पनि निकै रुचाइएको छ । तर अल्लु अर्जुनका लागि यो फिल्म समस्या बनेको छ । खासमा फिल्मको स्क्रिनिङ ४ डिसेम्बरमा हैदराबादमा भएको थियो, हैदरावादको सन्ध्या थिएटर नजिकै यो कार्यक्रमका क्रममा भागदौड मच्चिएको थियो । यसमा रेवती नामकी महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।

यो दुर्घटनापछि अल्लु अर्जुनले सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो पोस्ट गर्दै माफी मागेका थिए र महिलाको परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए । तर, महिलाका परिवारले उजुरी दिएपछि प्रहरीले डिसेम्बर ५ मा अल्लु अर्जुन र उनको सुरक्षा टोलीसहित थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो । यो मुद्दा भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत दर्ता गरिएको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ । भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा परी झापामा ४ महिनामा १७ जनाको मृ*त्यु
सवारी दुर्घटनामा परी झापामा ४ महिनामा १७ जनाको मृ*त्यु
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली
गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
सुरु भयो तिहार, आज धनतेरस मनाईदै
सुरु भयो तिहार, आज धनतेरस मनाईदै
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय