२६ जेष्ठ २०८२, आईतवार

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

 

२१ मंसिर, तुलसीपुर उपमहानगरपालिका-६ हिमाल टोल बस्ने गोबिन्द आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय तुलसीराम आचार्य समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार १ सय ६५ रूपैयाँ, ३ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?