१२ श्रावण २०८२, आईतवार

विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी

 

२१ मंसिर, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए । उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?