१० श्रावण २०८२, शुक्रबार

ब्राउन सुगरसहित तीनजना पक्राउ

 

१७ मंसिर,  काभ्रे : लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन्।   धुलिखेल नगरपालिका-९ स्थित बिपी राजमार्गमा प्रहरीले विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोले  लागेका तीन व्यक्तिलाई नियन्त्रणमा लिएर चेक जाँच गर्दा गाडी भित्र लुकाई रहेको ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको हो।

उनीहरू भकुण्डेबेशीबाट धुलिखेल हुँदै काठमाडौं जाँदै थिए।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार २०८१ मंसिर १६ गते राति १० बजे प्रहरीले काठमाडौंको शंखरापुर-९ बस्ने अभिषेक राजबाहक सोही स्थान बस्ने ३१ वर्षीय किशोर थापा र ३२ वर्षीय विराट थापालाई पक्राउ गरेको हो।

प्रहरीले टोयोटा हाइलक्स गाडी चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। गाडीभित्र रहेको प्लास्टिकको झोलाभित्र लुकाइएको अवस्थामा ५.५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले काभ्रे जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?