घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
१६ मंसिर, काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment