चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ

सारांश

  • झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्।
  • माझीलाई उर्लाबारी नगरपालिका वडा नम्बर ७ र माझीलाई पथरी शनिश्चरे नगरपालिका १ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।

१५ मंसिर, झापा। झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्। माझीलाई उर्लाबारी नगरपालिका वडा नम्बर ७ र माझीलाई पथरी शनिश्चरे नगरपालिका १ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए। बुधबार पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा शुक्रबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन थुनामा राख्ने अनुमति लिइएको छ।

गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित शमशेर एन्ड गंगादेवी टि-स्टेट प्रालिको पश्चिम पर्खालनजिकै विस्फोटक पदार्थ फेला परेको थियो।विस्फोटक पदार्थ राखेको ठाउँमा गिरीबन्धु टि-स्टेटको जग्गा कब्जा किन?, नेकपा (माओवादी) पूर्वकेन्द्रीय कमाण्ड  लेखिएको पर्चा एक थान फेला परेको थियो। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय
काबिल पूर्वन्यायाधीशलाई तीन मन्त्रालय
काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना
काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...