२६ जेष्ठ २०८२, आईतवार

काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु

 

१५ मंसिर, काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–८  लामबगरमा  दुई गाडी  ठोक्किदा तीन जनाको मृत्यु  भएको छ। आज बिहान करिब ८: २० बजेतिर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ गइरहेको बा ४ ख ७१११ नम्बरको गाडीलाई  अर्को आइचर गाडीले ठक्कर दिँदा बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका दुई जनाको  घटनास्थलमै मृत्यु भएको हो।

अर्को  एक जना महिलाको भने  टिचिङ अस्पतालमा  मृत्यु भएको स्थानीयले बताएका छन्। गाडी स्पिडमा भएको र बसमा यात्रुहरु खचाखच भएको  प्रत्यक्षदर्शीले बताएका  छन्। तीनैजना मृत्यकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा अहिले नाराबाजी गरिरहेका छन्। अवस्था तनावपूर्ण छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment