८ श्रावण २०८२, बुधबार

चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ

 

१३ मंसिर, चारेको चेक लिएर बैंक पुगेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। सप्तरीको राजविराज नगरपालिका ६ खर्सालका १९ वर्षीय सुमित सागर यादव र २३ बर्षका टंकप्रसाद यादवलाई प्रहरीले १६ वटा चेकसहित पक्राउ गरेको हो।

उनीहरुले विभिन्न बैंकका हस्ताक्षरसहितका ६ वटा र खाली ८ वटा चेक चोरी गरेको प्रहरीको आरोप छ। मंसिर ७ गते दिउँसो साढे २ बजे मोरङको बुढीगंगा गाउँपालिका ४ को मनमोहन स्मृति पोलिटेक्निक परिसर भित्र रहेको लेखा शाखाको कोठाबाट १६ वटा चेकहरु चोरी गरेको आरोप छ। चोरेका चेक मध्ये एभरेष्ट बैंकको चेकबाट किर्ते सहि छाप गरी बिभिन्न शाखाबाट २ लाख ६६ हजार ६९२ रुपैयाँ साटिसकेका थिए।

एभरेष्ट बैंक दुहवी सुनसरी शाखाबाट अरु चेक पनि साट्न जाँदा बैंकले प्रहरीलाई खबर गरेको थियो। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको टोलीले पक्राउ गरेर उनीहरुलाई मोरङमा पठाएको हो। जिल्ला अदालत मोरङबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?