चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
४६ पटक हेरिएको
Shares
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ

सारांश

  • सप्तरीको राजविराज नगरपालिका ६ खर्सालका १९ वर्षीय सुमित सागर यादव र २३ बर्षका टंकप्रसाद यादवलाई प्रहरीले १६ वटा चेकसहित पक्राउ गरेको हो।
  • उनीहरुले विभिन्न बैंकका हस्ताक्षरसहितका ६ वटा र खाली ८ वटा चेक चोरी गरेको प्रहरीको आरोप छ।
  •  मंसिर ७ गते दिउँसो साढे २ बजे मोरङको बुढीगंगा गाउँपालिका ४ को मनमोहन स्मृति पोलिटेक्निक परिसर भित्र रहेको लेखा शाखाको कोठाबाट १६ वटा चेकहरु चोरी गरेको आरोप छ।

१३ मंसिर, चारेको चेक लिएर बैंक पुगेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। सप्तरीको राजविराज नगरपालिका ६ खर्सालका १९ वर्षीय सुमित सागर यादव र २३ बर्षका टंकप्रसाद यादवलाई प्रहरीले १६ वटा चेकसहित पक्राउ गरेको हो।

उनीहरुले विभिन्न बैंकका हस्ताक्षरसहितका ६ वटा र खाली ८ वटा चेक चोरी गरेको प्रहरीको आरोप छ। मंसिर ७ गते दिउँसो साढे २ बजे मोरङको बुढीगंगा गाउँपालिका ४ को मनमोहन स्मृति पोलिटेक्निक परिसर भित्र रहेको लेखा शाखाको कोठाबाट १६ वटा चेकहरु चोरी गरेको आरोप छ। चोरेका चेक मध्ये एभरेष्ट बैंकको चेकबाट किर्ते सहि छाप गरी बिभिन्न शाखाबाट २ लाख ६६ हजार ६९२ रुपैयाँ साटिसकेका थिए।

एभरेष्ट बैंक दुहवी सुनसरी शाखाबाट अरु चेक पनि साट्न जाँदा बैंकले प्रहरीलाई खबर गरेको थियो। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको टोलीले पक्राउ गरेर उनीहरुलाई मोरङमा पठाएको हो। जिल्ला अदालत मोरङबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला
करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
यी स्थानमा अहिले भइरहेको छ वर्षा, कस्तो रहला दिनभरको मौसम?
यी स्थानमा अहिले भइरहेको छ वर्षा, कस्तो रहला दिनभरको मौसम?
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम