मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै

सारांश

  • १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने भएको छ ।
  • हिजो गिरिजास्थानबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु महोत्तरीको मटिहानी पुगेर विश्राम गरेका थिए ।
  • उनीहरु आज बिहानै जलेश्वरका लागि निस्किएका छन् ।

८ फागुन, जनकपुर ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने भएको छ । हिजो गिरिजास्थानबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु महोत्तरीको मटिहानी पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै जलेश्वरका लागि निस्किएका छन् । जलेश्वरमा परिक्रमा यात्रुहरुका लागि प्रत्येक वर्ष झै विशेष स्वागतको तयारी गरिएको छ ।

आज जलेश्वरमा रात्री विश्राम गरेर भोली शनिबार मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, एगारहौं दिन १४ गते सत्तोषर, बारहौं दिन १५ गते औरही, तेरहौं दिन १६ गते करुणा, चौदहौं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट पन्द्रहौं दिन १८ गते जनकपुरधाम आई पुग्नेछ । अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुनेछ । महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्छन । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । परिक्रमामा लाखौं श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
सुनको मूल्यले बनायो नयाँ रेर्कड
सुनको मूल्यले बनायो नयाँ रेर्कड
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री