१४ चैत्र २०८२, शनिबार

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

 

१३ मंसिर,  काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन।

प्रधानमन्त्री ओली १७ मङ्सिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन। मुख्यतया: चीनको ठुला परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबिच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन्। उनको चीन भ्रमण सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्विकृत गरेको थियो।

 

Post Comment

छुटाउनुभयो कि ?