सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
३९ पटक हेरिएको
Shares
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

सारांश

  • नेपालले दृष्टिविहीन क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ ।
  • पाकिस्तानमा जारी विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको हो ।
  • नेपालका नरेश चौधरीले उत्कृष्ट प्रदर्शन गरे।

 

१२ मंसिर, काठमाडौं । नेपालले दृष्टिविहीन क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ । पाकिस्तानमा जारी विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको हो ।

नेपालका नरेश चौधरीले उत्कृष्ट प्रदर्शन गरे। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।नेपालका लागि ओपनर भरत थापाले ११ रन बनाउँदा नरेशले ५७ बलमा ८० रनको योगदान गरे। उनले चार चौकाको सहयोगमा ८० रन प्रहार गरेका हुन्। त्यसैगरी सागर लामाले ४० रन जोड्दा पदक बडाइलाको नाममा ३४ रन रह्यो। नेपालविरुद्ध दक्षिण अफ्रिकाले सात बलर प्रयोग गरेको भए पनि बुहले बिड्लाले मात्र विकेट लिन सके ।

यता, नेपालका भरत, नरेश र सागर रनआउट भए। जवाफमा एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा दुई विकेट मात्रै गुमाए पनि एक सय ८७ रन मात्रै बनाउन सक्यो।लक्ष्य नजिक पुगेको भए पनि जित दर्ता गर्न सकेन। उसका लागि ओपनर लेसिवा माथापोले ४६ रन बनाए भने बुहलेले ७१ बलमा शतक प्रहार गरे। उनले ८ चौकाको मद्दतमा सय रन बनाएका हुन्। नेपाली खेलाडी विकेटविहीन बन्दा दक्षिण अफ्रिकाका दुई खेलाडी रनआउट भए। नेपाल नेत्रहीन टोलीले हिजो भएको खेलमा अफगानिस्तानलाई एक सय ८ रनले हराएको थियो। त्यसअघि भएका दुई खेलमा भने नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार
४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
क्यालिफोर्नियामा अमेरिकी सेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
प्रहरी विधेयक संसद्‌मा पेस गर्ने तयारीमा छौं : गृहमन्त्री लेखक
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
अण्डाको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?
अण्डाको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु