इजरायली आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
३० पटक हेरिएको
Shares
इजरायली  आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु

सारांश

  • इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमान्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिनाचेतावनी यो हमला गरिएको हो।
  • यस आक्रमणमा आठतले आवासीय भवन ध्वस्त भएको छ।
  • यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो।

लेबनानले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमान्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिनाचेतावनी यो हमला गरिएको हो।

यस आक्रमणमा आठतले आवासीय भवन ध्वस्त भएको छ। यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो। लेबनानको राष्ट्रिय समाचार एजेन्सीले उक्त हमलामा बंकर बस्टर बम प्रयोग गरिएको बताएको छ। इजरायलले यो हतियार हसन नसरल्लाहलगायत हिजबुल्लाहका वरिष्ठ नेता मार्न प्रयोग गरेको थियो। यस हमलामा शनिबार मृत्यु हुनेको संख्या १५ बाट बढेर २० पुगेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले ६० जनाभन्दा बढी घाइते भएको र पीडितको संख्या अझै बढ्न सक्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
पोखरा साहसिक पर्यटनको हब हो : परराष्ट्रमन्त्री
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर
श्रीमतीको ह*त्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर