२६ जेष्ठ २०८२, आईतवार

कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन

२० भदौ, काठमाडौं ।  कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0