संघीय संसदका चार समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
संघीय संसदका चार समितिको बैठक बस्दै

सारांश

  • आज संघीय संसदका चार समितिको बैठक बस्दै छ ।
  • संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।
  • त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ ।

 

३० कार्तिक,  काठमाडौं । आज संघीय संसदका चार समितिको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ । बिहान ११: ३० बजे  बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुमगन बारे छलफल हुने भएको छ ।

त्यस्तै अपराहन्न १: १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने भएको छ । त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने भएको छ । त्यसैगरी दिनको एक बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्‍जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव