कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सारांश
- काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
- बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ ।
- दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया