२६ जेष्ठ २०८२, आईतवार

यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै

२७ कार्तिक, काठमाडौं।

यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेतबीच खेल हुँदैछ। आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता यूएईमा जारी छ। आज मङ्गलबार, नेपाल र कुबेतको भिडन्त अजमानस्थित दि सेभेन स्टेडियममा स्थानीय समय अनुसार बिहान साढे ९ बजे शुरू हुनेछ।

यो छनोट प्रतियोगितामा चार टोली सहभागी छन्, जसमा प्रत्येक टोलीले ६ खेल खेल्नेछन्। प्रतियोगिता डबल लिग फर्मेटमा आधारित छ, जसमा सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन्। छनोटको अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ महिला विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

एसिया छनोटको विजेता टोलीले अस्ट्रेलिया, बंगलादेश, र स्कटल्यान्ड रहेको समूह डीमा प्रवेश पाउनेछ। यू-१९ महिला विश्वकप मलेसियामा सन् २०२५ को जनवरी १८ देखि फेब्रुअरी २ सम्म आयोजना हुनेछ, जसमा विभिन्न क्षेत्रीय छनोटका विजेता टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?