यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने

सारांश

  • आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दैछ।
  • यस खेलमा नेपाल युएईको घरेलु मैदानमा खेल्न लागेको हो, जसको सुरूवात बिहान ११:१५ बजे हुने तय भएको छ।
  • नेपालले बुधबार प्रतियोगिता सुरु गर्दा पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो, जसमा ६७ रनको फराकिलो अन्तरले जित दर्ता गर्यो।

२४ कार्तिक, काठमाडौं । आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दैछ।

यस खेलमा नेपाल युएईको घरेलु मैदानमा खेल्न लागेको हो, जसको सुरूवात बिहान ११:१५ बजे हुने तय भएको छ। नेपालले बुधबार प्रतियोगिता सुरु गर्दा पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो, जसमा ६७ रनको फराकिलो अन्तरले जित दर्ता गर्यो। बिहीबारको दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्यो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी वर्ष जनवरीमा मलेसियामा आयोजना हुने यु–१९ महिला टि–२० विश्वकपमा स्थान पक्का गर्नेछ।

नेपालको उत्कृष्ट प्रदर्शनले फ्यानहरूमा ठूलो आशा जगाएको छ, र आजको खेलमा पनि नेपालले सानदार खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?