२६ जेष्ठ २०८२, आईतवार

रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

 

१९ कात्तिक, काठमाडौं । रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

आज दिउँसो राजदेवी नगरपालिका-९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह पक्राउ परेका हुन् । भिनाजु नाता पर्ने संजिव सिंहको भट्टी पसलबाट उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद भएको छ । उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous post

भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित

Next post

संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह

Post Comment