काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३०, २०८१
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ

सारांश

  • काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, मंगलबार अपराह्न ३:२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।

३० असोज, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, मंगलबार अपराह्न ३:२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो । त्यसक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी अधिकारीले बताए । प्रहरीले हत्याको कारण खुलाइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार
सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु
हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा
हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान