सुनको भाउ आज चार सय रुपैयाँले घट्यो
२२ असोज, काठमाण्डौ – आज सुनको भाउ घटेकाे छ । सुनकाे भाउ चार सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाकाे एक लाख ६० हजार एक पाँच सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment