Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

खोलाले बगाएर दुई बालबालिका बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
९२ पटक हेरिएको
Shares
खोलाले बगाएर दुई बालबालिका बेपत्ता

सारांश

  • जिल्लाको मैवाखोला र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका हुन्।
  • जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बेपत्ता हुनेमा ११ वर्षीय सन्देश बराइली र १२ वर्षीया आइतरानी शेर्पा रहेका छन्।
  • शुक्रबार दिउँसो गाईवस्तु चराउन गएको समयमा पौडी खेल्ने क्रममा मैवा खोलाले बगाएर बालबालिका बेपत्ता भएका प्रहरीले जनाएको छ।

 

१९ असोज, ताप्लेजुङमा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका छन्। जिल्लाको मैवाखोला र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बेपत्ता हुनेमा ११ वर्षीय सन्देश बराइली र १२ वर्षीया आइतरानी शेर्पा रहेका छन्। शुक्रबार दिउँसो गाईवस्तु चराउन गएको समयमा पौडी खेल्ने क्रममा मैवा खोलाले बगाएर बालबालिका बेपत्ता भएका प्रहरीले जनाएको छ।

यता बेपत्ता भएका बालबालिकाको खोजी गर्ने क्रम जारी रहेको र हालसम्म फेला नपरेका पनि प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?