मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
२९ पटक हेरिएको
Shares
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

सारांश

  • अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।
  • सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।
  •   बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् ।

१२ असोज,।अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।

सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।  बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ ।

स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।   अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
ओलीको आलोचना गर्ने एमाले नेता कार्की निलम्बित
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत