Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आगो लगाएर श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
३६ पटक हेरिएको
Shares
आगो लगाएर श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

सारांश

  • रौतहटको इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा इशनाथ नगरपालिका-२ औरैयाका २४ वर्षीय रोशन साह सोनार रहेका छन् ।
  • उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएर शरीरमा खन्याएको प्रहरीको आरोप छ ।

 

११ असोज, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इशनाथ नगरपालिका-२ औरैयाका २४ वर्षीय रोशन साह सोनार रहेका छन् । उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएर शरीरमा खन्याएको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार विश्वकर्मा पुजाका दिन खेतमा पानी हाल्ने पम्पको ट्याकींबाट मट्टितेल झिकेर आगो लगाएको र श्रीमतीले गुहार मागेपछि ढोका खोलेर उल्टै बचाउने नाटक गरेका थिए ।

‘श्रीमतीलाई जलाएको आरोपमा हामीले कर्तव्य ज्यान मुद्धामा उनलाई कानूनी कारवाही अगाडी बढाएका छौं।” उपरीक्षक घिमिरेले भने, ‘गम्भीर घाइते महिलाको हिजो उपचारको क्रममा कीर्तिपुरमा निधन भएको छ।’ २०७९ साल फागुनमा वैवाहिक बन्धमा बाधिएकी उनीहरूको एक सन्तान छोरा जन्मिएको थियो ।तर, गौर-२ माइती भएकी उनी सुत्केरी भएको ३५ दिनपछि ससुराली घर फर्किएको दिन पछि नै उनको छोराको मृत्यु भएको थियो।

मृतक पिंकीका काका संजय मुखियाले पिंकी ८ महिनाको गर्भवती भएको बताए । ‘मेरी भतिजी गर्भवती थिइन् । तर उनका श्रीमान र परिवारले मिलेर गर्भवती श्रीमतीमाथि पटक-पटक घरेलु हिंसाको शिकार बनाए र मारे ।’ उनले आरोप लगाए । ९ दिनसम्म कीर्तिपुरस्थित वर्न अस्पतालमा जीवनसँग संघर्ष गरेकी पिंकीको शव उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै रहेको संजय मुखियाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य वर्षामै जलमग्न हुन्छ सिरहाको सुखीपुर स्वास्थ्य चौकी
सामान्य वर्षामै जलमग्न हुन्छ सिरहाको सुखीपुर स्वास्थ्य चौकी
निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने