ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
ताप्लेजुङ — बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ ।
मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले बताएका छन् । सिदिङ्वा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङका अनुसार बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो ।
गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो । बाढीले सिरिजंगा गाउँपालिका ८ याम्फुदिनको जनजिवन पनि प्रभावित भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1